Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – एकनारायण अर्याललाई गृह सचिवको जिम्मेवारी दिइएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले गृहमा मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयमा कार्यरत सचिव अर्याललाई गृह लैजाने निर्णय गरेको हो ।

हालका गृहसचिव दिनेश भट्टराईलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सारिएको छ । रास्वपा सभापति रवि लामिछानेले गृह मन्त्रालय सम्हाले लगत्तै अर्याललाई गृहमा ल्याइएको हो ।

अर्यालले सचिवको रुपमा अर्याल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, श्रम तथा रोजगार मन्त्रालय, मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयमा काम गरेका छन् ।

त्यसअघि काठमाडौँको प्रमुख जिल्ला अधिकारी (प्रजिअ), काठमाडौं महानगरपालिकाको प्रमुख कार्यकारी अधिकृत, कलकत्तास्थित महावाणिज्यदूत लगायतको जिम्मेवारी सम्हाली सकेका छन् ।

तपाईको प्रतिक्रिया