Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – कैलालीको लम्की नगरपालिकास्थित चिसापानी भएर बग्ने कर्णाली नदीमाथि बनेको पुलमा गुडिरहेको ट्रकमा एक्कासी आगलागी हुँदा पुलमा समेत क्षति पुगेको छ।

वीरगन्जबाट महेन्द्रनगर आउँदै गरेकोे ना. ५. ख. ५२९७ नम्बरको ट्रकमा एक्कासी आगलागी भएको हो। ट्रकमा एक करोडभन्दा बढी मूल्यबराबरको लाइटर रहेको चिसापानी प्रहरीले जनाएको छ। ट्रकमा एक्कासी लागेको आगो फैलिँदै जाँदा पुलका लठ्ठामा समेत आगो फैलिएको थियो । आगो फैलिएर पुलका तारहरूमा क्षति पुगेको छ ।

दमकल, सुरक्षाकर्मी, जनप्रतिनिधि र सर्वसाधारणको संयुक्त प्रयासमा आगो लगभग नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले जानकारी दिए ।

तपाईको प्रतिक्रिया