Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – इतिहासमा नै पहिलो पटक सिंगापुरको प्रजनन दर एक प्रतिशत भन्दा कममा झरेको छ । घट्दो जनसंख्या र जनशक्तिको अभावको सामना गरिरहेको सिंगापुरले कुल प्रजनन दर ० दशमलव ९७ प्रतिशतमा सीमित भएको हो ।

सिंगापुरको तथ्याङ्क बिभाग अनुसार इतिहासमा नै पहिलो पटक प्रजनन दर एक प्रतिशत भन्दा कममा झरे पछि सरकार सन्तान उत्पादनका लागि पहलकदमी गर्ने जनाएको छ । सन २०२३ मा अनुमानित ० दशमलव ९७ प्रतिशतमा झरेको देखेको छ, जुन देशको इतिहासमा पहिलो पटक एक प्रतिशतभन्दा तल झरेको छ ।

जसले प्रत्येक महिलाले आफ्नो प्रजनन वर्षहरूमा जन्माउने औसत संख्यालाई जनाउँछ । सन २०२२ मा १ दशमलव ०४ र २०२१ मा १ दशमलव १२ बाट घटेको प्रधानमन्त्री कार्यालयका मन्त्री इन्द्रानी राजाले बुधबार संसदमा जानकारी दिंदै भनेका छन् । जन्मदर २ दशमलव १ को प्रतिस्थापन दर भन्दा तल रहेमा चिन्ताको बिषय भन्दै प्रजनन दर बढाउनका लागि आवाश्यक रणनीति बनाउनु पर्ने जनाएका छन् ।

तपाईको प्रतिक्रिया