Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले यही फागुन ३० गते प्रतिनिसभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत नदिन ह्विप जारी गरेको छ। कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले सोमबार ह्वीप जारी गरेका हुन्। कांग्रेसले जारी गरेको ह्वीपमा फागुन ३० गते बस्ने प्रतिनिधि सभाको बैठकमा अनिवार्य उपस्थित हुन र प्रधानमन्त्री दाहालको विश्वासको मतको विपक्षमा मतदान गर्न भनिएको छ।

प्रमुख सचेतक लेखकले भनेका छन्, ‘२०८० फागुन ३० गते बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा अनिवार्य उपस्थित हुन, सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूमाथि प्रतिनिधि सभाको विश्वास छ भन्ने प्रस्तावको विपक्षमा मतदान गर्न यो ह्वीप जारी गरिन्छ।’

गत २१ फागुनमा प्रधानमन्त्री प्रचण्डले तत्कालीन नेपाली कांग्रेस नेतृत्वको सात दलीय गठबन्धन त्याग्दै २०७९ पुस १० गते बनेको एमालेसहितको नयाँ गठबन्धनबाट सत्ता यात्रा अघि बढाएका थिए।

तपाईको प्रतिक्रिया