Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा भेटवार्ता भएको छ। सोमबार बिहान प्रधानमन्त्री प्रचण्डलाई भेट्न ओली प्रधानमन्त्री निवास बालुवाटारमा पुगेका हुन्। गत सोमबार पुरानो गठबन्धन भत्काएर ओली र प्रचण्डले नयाँ गठबन्धन बनाएका थिए । नयाँ गठबन्धन बनाएर प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद्समेत पुनर्गठन गरिसकेका छन् । सोमबार भएको भेटवार्तामा प्रधानमन्त्रीले लिन लागेको विश्वासको मत, न्युनतम साझा कार्यक्रम , प्रदेश सरकारको नेतृत्व र शक्ति बाँडफाटलगायतका बारेमा छलफल भएको बालुवाटार स्रोतले जनाएको छ।

राष्ट्रियसभा अध्यक्षको निर्वाचन मंगलबार हुँदैछ भने समीकरण फेरिएपछि प्रधानमन्त्रीले बुधवार संसदबाट विश्वासको मत लिँदैछन् । त्यसैगरी सत्ता गठबन्धनले गठन गरेको राजनीतिक संयन्त्रको सुझावका आधारमा सरकारका साझा न्यूनतम कार्यक्रम तय गर्ने तयारी छ । प्रचण्डले फागुन ३० गते संसदबाट विश्वासको मत लिँदैछन् । उनले आइतबार नै विश्वासको मत लिनका लागि संसद सचिवालयलाई पत्रसमेत पठाएका छन् ।

गत सोमबार चारदलीय गठबन्धनबीच सहमति भएपछि पुन: एमाले, माओवादी केन्द्र, रास्वपा, जसपा र एकीकृत समाजवादी सरकारमा छन्। कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन्। संवैधानिक व्यवस्थाअनुसार सरकारलाई समर्थन गरेको दलले समर्थन फिर्ता लिएमा एक महिनाभित्र विश्वासको मत लिनुपर्ने हुन्छ। उनले संविधानको धारा १०० (२) अनुसार प्रतिनिधिसभाबाट विश्वासको मत लिन लागेका हुन्। एमाले, माओवादी लगायत सत्ता गठबन्धनमा आवद्ध दलले ह्वीप तयारी गरेका छन्।

 

तपाईको प्रतिक्रिया