Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – रूपन्देहीको तिलोत्तमामा निर्माण गरिएको एक्स्ट्राटेक ओभल क्रिकेट रंगशाला उद्घाटन गरिएको छ। गुल्मीका विनोद कुँवरको निजी लगानीमा बनेको रंगशालाको उद्घाटन आज प्रदेश प्रमुख शेरचनले ब्याटिङ र कुँवरले बलिङ गर्दै मैदानको शुभारम्भ गरेका हुन् ।

गत ३० जेठमा शिलान्यास गरिएको मैदानको निर्माण कार्य आठ महिनामै सकिएको हो । तिलोत्तमा नगरपालिका वडा १७ मा ४० करोड रुपैयाँभन्दा बढी लगानीमा एक्स्ट्राटेक ओभल रंगशालाको निर्माण गरिएको हो । मैदान उद्घाटन भएसँगै आजबाट लेजेन्ड्स कप टी–१० प्रतियोगिता पनि सुरु भएको छ ।

प्रतियोगितामा नेपालबाट पहिलो अन्तर्राष्ट्रिय खेल खेलेको सन् १९९६ को टोली, सन् २०१४ को टी–२० विश्वकप टिम, रूपन्देही लेजेन्ड्स र रेस्ट अफ नेपाल गरी चार टिमको सहभागिता छ । प्रतियोगिताको पहिलो खेलमा आज सन् १९९६ को टोली र सन् २०१४ को टी–२० विश्वकप खेलेको टिम खेलिरहेका छन् । खेलमा पारस कप्तान रहेको विश्वकप टिमले टस जितेर फिल्डिङ गरिरहेको छ ।

 

 

तपाईको प्रतिक्रिया