समाचार सुन्नुहोस :
काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । बैंककाअनुसार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ १६ पैसा र बिक्री दर १३२ रुपैयाँ ७६ पैसा तोकिएको छ ।
यस्तै युरो एकको खरिद दर १४४ रुपैयाँ ५७ पैसा र बिक्री दर १४५ रुपैयाँ २३ पैसा रहेको छ । यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ९४ पैसा र बिक्री दर १७० रुपैयाँ ७२ पैसा रहेको छ ।
बैंकले कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३० पैसा र बिक्री दर ३६ रुपैयाँ ४६ पैसा पुगेको जानकारी दिएको छ । यस्तै, जापानी येन दशको खरिद दर ८ रुपैयाँ ९९ पैसा र बिक्री दर ९ रुपैयाँ ०३ पैसा रहेको छ ।
सूची विस्तृतमाः