बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

काठमाडौं – नेपाली कांग्रेसले राष्ट्रियसभा अध्यक्षको उम्मेदवार युवराज शर्मालाई बनाउने निर्णय गरेको छ । कांग्रेस संसदीय दलको कार्यसमितिको बैठकले लुम्बिनी प्रदेशबाट ०७८ मा राष्ट्रियसभा सदस्यमा निर्वाचित शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

नेपाली कांग्रेसका संसदीय दलका नेता शेरबहादुर देउवाको निजी सचिवालयका निजी सचिव केशवराज जोशीले फागुन २९ गते हुने निर्वाचनका लागि शर्मालाई उम्मेदवार बनाउने निर्णय भएको जानकारी दिए । यसअघि राष्ट्रियसभाको अध्यक्षको उम्मेदवार नेता कृष्ण प्रसाद सिटौला बन्ने चर्चा भएपनि पराजित हुने अवस्था आएपनि नयाँ उम्मेदवार खडा गरिएको बताइएको छ  ।

सिटौलालाई भने सभापति शेरबहादुर देउवाले कांग्रेस राष्ट्रियसभा दलको नेता चयन गरेका छन् । निर्वाचनमा हालको सत्ता गठबन्धन बलियो अवस्थामा रहेको छ ।

तपाईको प्रतिक्रिया