बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

काठमाडौं – सत्ता गठबन्धन सञ्चालनको साझा कार्यक्रम तय गर्न १० सदस्यीय कार्यदल गठन भएको छ । सरकारमा सहभागी भएका पाँच दलले दुई/दुई जना रहने गरी कार्यदल बनाएका हुन् ।

आइतबारअर्थ मन्त्रालयमा कार्यदलको बैठक बसेर सरकारको न्युनतम साझा कार्यक्रममाथि छलफल थालेका छन् । कार्यदलमा एमालेबाट उपाध्यक्ष विष्णु पौडेल र विष्णु रिमाल, माओेवादी केन्द्रबाट वर्षमान पुन र जनार्दन शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्ले र मुकुल ढकाल छन् ।

नेकपा एकीकृत समाजवादीबाट राजेन्द्र पाण्डे र घनश्याम भुसाल छन् भने जनता समाजवादी पार्टीबाट मनिष सुमन र राजेन्द्र श्रेष्ठ रहेका छन् ।

तपाईको प्रतिक्रिया