बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

काठमाडौं – ललितपुर महानगरपालिकामा जापानबाट ल्याएको साकुरा फूल रोपिएको छ । शनिवार महानगरको प्राङ्गणमा मेयर चिरीबाबु महर्जन र जापानी नागरिक तामुरा तेचुओ र ओहारा सोले संयुक्त रुपमा साकुराको बिरुवा रोपेका हुन् ।

महानगर परिसरमा जापानबाट ल्याइएको १४ वटा साकुरा रोपिएको हो । शिक्षकको सपना पुरा गर्न ४३ वर्षीय ओहाराले साकुरा महानगरमा ल्याएर रोपेका हुन् । काठमाडौँ उपत्यकाको मौसम साकुराका लागि अनुकूल भएकाले पनि साकुरा ल्याइएको हो ।

यसअघि पनि महानगरले बागमतीको किनारामा साकुरा रोपिसकेको छ । यो फूल तीनदेखि पाँच वर्षमा फुल्ने गर्छ । फूल रोपेसकेपछि मेयर महर्जनले जापान र नेपालको मैत्रीपूर्ण सम्बन्ध अझ सुदृढ भएर जानेमा उनले विश्‍वास व्यक्त गरे । साकुरा फूल रोप्न गोदावरी बोटानिकल विभागसँग अनुमति ल्याएर ल्याइएको हो ।

तपाईको प्रतिक्रिया