Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले २०८४ मा हुने चुनावमा आफ्नो निर्वाचन क्षेत्र गोरखा-२ बाटै लड्ने घोषणा गरेका छन् ।

त्यहाँका मतदाताहरूसँग वृहत् छलफल गरेपछि आएको सुझावलाई ग्रहण गर्दै भट्टराईले गोरखा-२ बाटै चुनाव लड्ने तयारी थालेको नेसपाका केन्द्रीय सदस्य विश्वदीप पाण्डेले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । मतदातासँगको छलफलका क्रममा पूर्व प्रधानमन्त्री भट्टराईले आगामी निर्वाचनमा उम्मेदवार नबन्ने निर्णयमाथि पुनर्विचार गर्न आएको सुझावलाई स्वीकार गरेको उनी निकट मानिने पाण्डेको भनाइ छ ।

‘नेसपा अध्यक्ष भट्टराई केहीअघि लामो अवधि गोरखा यात्रामा हुनुहुन्थ्यो । त्यस क्रममा आफू यसअघिको चुनावमा विजयी भएको निर्वाचन क्षेत्र गोरखा-२ का मतदातासँग उहाँको वृहत् छलफल भएको थियो,’ उनले फेसबुकमा लेखेका छन्, ‘सो क्रममा आगामी निर्वाचनमा उम्मेदवार नबन्ने निर्णयमाथि पुनर्विचार गर्न आएको सुझावलाई उहाँले स्वीकार गर्नु भएको छ । अब उहाँ २०८४ को निर्वाचनमा गोरखा-२ मा उम्मेदवार हुनु हुनेछ ।’

गोरखा-२ भट्टराईको चुनावी क्षेत्र हो । तर गत आम निर्वाचनमा भने भट्टराईले प्रधानमन्त्री समेत रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का लागि त्यो क्षेत्र छोडेका थिए । उनी भने कतै उम्मेदवार बनेका थिएनन् । तर प्रचण्डको अस्थिर राजनीतिको आलोचना गर्दै आएका डा. भट्टराईले निर्वाचन आयोग र संसद् सचिवालयलाई पत्र लेखेर आफ्ना दुई सांसदलाई नेसपाकै मान्यता दिन आग्रह गरेका छन् । डा. भट्टराई गोरखा-२ मा लोकप्रिय मानिन्छन् । उनले तत्कालीन वाम गठबन्धनको बेला पनि नारायणकाजी श्रेष्ठलाई पराजित गरेका थिए ।

तपाईको प्रतिक्रिया