सोमबार, बैशाख १७, २०८१
Monday, April 29, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – वर्षाका कारण त्रिकोणात्मक टी-२० आई सिरिजअन्तरगत नेपाल र हङकङबीचको खेल रोकिएको छ। टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङकङले पाँच ओभरमा एक विकेट गुमाएर ४३ रन बनाएपछि वर्षाका कारण खेल रोकिएको हो ।

वर्षा रोकिएपछि खेल पुनः अगाडि बढ्ने छ । हङ्कङको पहिलो विकेट करण केसीले लिएका थिए । करणले पहिलो ओभरको पहिलो बलमै हङ्कङका ओपनर ब्याट्सम्यान मार्टिन कोट्जीलाई गुलसन झाद्वारा क्याच गराएका थिए । शृंखलामा तेस्रो टोलीको रुपमा पपुवा न्यु गिनी सहभागी छ ।

नेपाली टोलीमा रोहित पौडेल, कुशल भुर्तेल, विनोद भण्डारी, गुलशन झा, सन्दीप जोरा, आरिफ शेख, विवेक यादव, करण केसी, अभिनाश बोहोरा, राशीद खान, प्रतिश जिसी, सागर ढकाल, आकाश चन्द र लोकेश बम रहेका छन्।

 

तपाईको प्रतिक्रिया