Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपाली सुनचाँदी बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । आइतबार सुन एकैदिन तोलामा एक हजार रुपैयाँले बढेको हो । आइतबार नेपाली बजारमा छापावाला सुनको मूल्य बढेर एक लाख २६ हजार र तेजावी सुनको मूल्य १ लाख २५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । गत फागुन १७ गतेदेखि नेपाली बजारमा सुनको मूल्य निरन्तर वृद्धि भईरहेको छ ।

त्यस्तै, चाँदी प्रतितोला एक हजार ४७५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । गत शुक्रबारको तुलनामा चाँदीको मूल्य पाँच रुपैयाँ वृद्धि भएको हो ।

अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा भईरहेको वृद्धिको प्रभाव नेपाली बजारमा समेत परिरहेको छ । अमेरिकी केन्द्रीय बैंकले ब्याजदरमा कटौती गर्ने सम्भावना, बढ्दो मुद्रास्फिती, विश्वका केन्द्रीय बैंकले सुनको भण्डारमा गरेको वृद्धि र बदलिदो भू–राजनीतिक घटना जस्ता कारणले अन्तराष्ट्रिय बजारमा पछिल्लो समय सुनको मूल्य व्यापक वृद्धि भईरहेको छ ।

 

तपाईको प्रतिक्रिया