Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आउँदो बुधबार संसद्‌मा विश्वासको मत लिने तयारी गरेका छन् । नेकपा माओवादी केन्द्रको शनिबार बसेको संसदीय दलको बैठकमा फागुन ३० गते प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिनेबारे छलफल भएको हो ।

नयाँ समीकरणको बैठकमा छलफलपछि अन्तिम निर्णय हुने माओवादी सांसद लेखनाथ दाहालले जानकारी दिए । ‘प्रधानमन्त्रीले विश्वासको मत लिने विषयमा बैठकमा छलफल भयो । फागुन ३० गते विश्वासको मत लिने कि भन्ने कुरा भएको छ,’ उनले भने, ‘नयाँ समीकरणको बैठक बसेपछि यसबारे अन्तिम निर्णय हुनेछ ।’

प्रधानमन्त्रीले विश्वासको मत लिनेलगायत विषयमा छलफल गर्न आज गठबन्धनको बैठक बस्दैछ । प्रधानमन्त्रीले विश्वासको मत लिनुअघि जनता समाजवादी पार्टी सरकारमा सामेल हुने भएको छ । आजै जसपा सरकारमा सामेल हुन लागेको हो ।

कांग्रेसले मंगलबार सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । संविधानबमोजिम सरकारमा सहभागी भएको दलले समर्थन फिर्ता लिएको ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने प्रावधान छ । यसअनुसार उनले चैत २३ गतेभित्र विश्वासको मत लिनुपर्ने छ । संविधानअनुसार दुई वर्षसम्म अविश्वासको प्रस्ताव राख्न नपाइने भए पनि प्रधानमन्त्रीलाई समर्थन गरेको दलले समर्थन फिर्ता लिएमा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

संसद्‌मा सहज अंकगणित
फागुन २१ गते बनेको नयाँ समीकरणअनुसार प्रधानमन्त्रीलाई एमालेका ७६, माओवादीका ३२, रास्वपाका २१, जसपाका १२ र एकीकृत समाजवादीका १० सांसदको समर्थन छ । २७५ सदस्यीय प्रतिनिधि सभामा बहुमतका लागि १३८ सांसदको समर्थन भए पुग्छ ।

हालसम्म प्रधानमन्त्रीलाई पाँच दलको १५२ सांसदको समर्थन जुट्ने देखिएको छ । संसद्मा अहिले कांग्रेसको ८७, राप्रपाको १४, जनमतको ६, लोसपा र नागरिक उन्मुक्ति पार्टीको चार÷चार गर्दा ११५ मत गठबन्धन बाहिर छ ।

एमालेको समर्थनमा २०७९ मा १० पुसमा प्रचण्ड तेस्रो पटक प्रधानमन्त्री बनेका थिए । यही कार्यकालमा उनले विश्वासको मत लिन लागेको यो तेस्रो पटक हो । चुनावमा कांग्रेससँग गठबन्धन बनाएर पनि एमालेलगायत दलहरूको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बनेका थिए । प्रचण्डले २६ पुसमा ९८ प्रतिशत बढी सांसदको समर्थन पाएका थिए । कांग्रेसले पनि विश्वासको मत दिएको थियो ।

पहिलो पटक कांग्रेससहित २६८ सांसदको समर्थन पाउँदा दोस्रो पटक चैत ६ मा भने प्रधानमन्त्री प्रचण्डले १७२ सांसदको समर्थन पाएका थिए । राष्ट्रपति कांग्रेसको भागमा परेपछि एमाले सरकारबाट बाहिरिएको थियो । अहिले फेरि एमालेले उनलाई विश्वासको मत दिँदै छ ।

तपाईको प्रतिक्रिया