Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – पोखरा महानगरले आज आधा दिन बिदा दिएको छ । पोखरा महानगरपालिका अन्तर्गतका सबै कार्यालय आज दिउँसो १ बजेपछि बन्द हुने भएका हुन् । पोखरा महानगर स्थापना भएको ७ वर्ष पुगेको अवसरमा महानगरको स्थापना दिवस मनाउनका लागि कार्यालयमा आधा दिन सार्वजनिक बिदा दिने निर्णय गरिएको हो । प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापाले सूचना जारी गर्दै १ बजेपछि महानगर सहित महाशाखा र वडा कार्यालयहरूमा बिदा दिइएको बताए ।

स्थापना दिवसको अवसरमा महानगरले आफ्नै कार्यालय परिसरमा बिहान रक्तदान आयोजना गरेको छ । त्यस लगत्तै पोखरा–१९, खुइतेखोलामा पुलको शिलान्यास गर्न लागेको छ । आजै पृथ्वी चोकमा महानगरले बनाउन लागेको ‘पोखरा भवन’ पनि शिलान्यास गरिँदै छ । महागरले पोखराको चिनारी बढाउनका लागि पृथ्वीचोकमा पोखरा घर बनाउन लागेको हो ।

 

तपाईको प्रतिक्रिया