बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

काठमाडौं – नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दैछ । बैठकले मंगलबार हुने राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार तय गर्ने भएको हो ।

शनिबार बसेको पार्टी संसदीय दलको बैठकमा दलका नेता एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार आइतबार टुंगो लगाउने बताएका थिए । स्रोतकाअनुसार राष्ट्रिय सभा अध्यक्षको उम्मेदवारमा हालकी उपसभामुख उर्मिला अर्याल, झक्कुप्रसाद सुवेदी र नारायण दाहाल दाबेदार छन् ।

यसअघि गठबन्धनका नेताहरूबीच राष्ट्रिय सभा अध्यक्ष माओवादी र उपाध्यक्ष एमालेलाई दिने लिखित सहमति भएको थियो ।

तपाईको प्रतिक्रिया