सोमबार, बैशाख १०, २०८१
Monday, April 22, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले (हिजो)शनिवार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालसँग छुट्टाछुट्टै भेट गरेका छन् । ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डलाई बालुवाटारमा भेट गरेका हुन् भने नेपालसँग उनकै निवास कोटेश्वरमा गएर भेटवार्ता गरेका हुन् ।

दुवै नेतासँग ओलीले संसद्मा प्रधानमन्त्रीले विश्वासको मत लिनेबारे कुरा गरेको बताइएको छ। नेपालसँग भने उनले दुई पार्टी एकता गरेर अघि बढ्न आग्रह गरेको बुझिएको छ ।

संसद्मा प्रधानमन्त्रीले विश्वासको मत लिने मिति नजिकिइँदै गर्दा शीर्ष नेताहरूबीचको भेटवार्ता बाक्लिएको हो । विश्वासको मत लिनुअघि राष्ट्रिय सभा अध्यक्षको निर्वाचनबारे निष्कर्षमा पुग्न तीन दलबीच छलफलमा जुटेका हुन् ।

 

तपाईको प्रतिक्रिया