Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – भिजिट भिसामा यूएई जान लागेको अवस्थामा तीन जना महिला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइएका छन् । शंकास्पद रुपमा यूएई जान लागेका उनीहरुलाई बिहीबार फर्काइएको हो ।

सोधपुछपछि शंकास्पद देखिँदा एजेन्टलाई पनि बोलाइएको थियो । एजेन्ट रुपन्देहीको रुद्रपुरका भबिलाल थापालाई पनि नियन्त्रणमा लिइएको विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एसएसपी कृष्णहरि शर्माले बताए । उनीहरुले बिहीबार राति साढे १० बजे हिमालय एयरलाइन्सबाट दूबई जान लागेका थिए । पक्राउ परेका थापालाई थप अनुसन्धानका लागि उपत्यका अपराध अनुसन्धान कार्यालय पठाइएको छ ।

जिलै काम पाइने प्रलोभनमा विदेश लगेर अलपत्र पार्न गरिएको भेटिएपछि प्रहरी जाँचमा कडाइ गरेको छ । रसियन सेनामा जाने कतिपय नेपालीलाई पनि एजेन्टले भिजिट भिसामा दूबई लगेर त्यहाँबाट मस्को पठाएको अनुसन्धानबाट देखिएको थियो ।

तपाईको प्रतिक्रिया