बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

काठमाडौं – आर्थिक मन्दी र गरिबीसँग लडिरहेको इजिप्ट सरकारले आफ्ना प्रमुख सहरहरू एक-एक गरेर बेच्न बाध्य भएको छ । यसै शृङ्खलामा इजिप्टका राष्ट्रपति अब्देल फताह अल सिसीले आफ्नो मुख्य सहर ‘रस अल हिक्मा’ पनि बेचेका छन्, जसलाई पृथ्वीको स्वर्ग भनिन्छ ।

इजिप्टको यो ऐतिहासिक सहर अरू कुनै देशले होइन, युएई किनेको हो । युएईले ३५ अर्ब डलर खर्चेर ‘रस अल हिक्मा’ खरिद गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन । । ‘रास अल हिक्मा’ समुन्द्रको किनारमा अवस्थित अति सुन्दर सहर हो । यद्यपि, यो शहर इजिप्टले बेच्न बाध्य भयो । ‘रास अल हिक्मा’ पर्यटकको मनपर्ने ठाउँको रूपमा पनि प्रसिद्ध छ ।

मिडिया रिपोर्टलाई विश्वास गर्ने हो भने इजिप्टको यो सहर खरिद गरेपछि युएईले छिट्टै यहाँ धेरै प्रोजेक्टमा काम सुरु गर्ने भएको छ । यहाँ युएईले करिब १५० अर्ब डलरको लगानी योजना बनाएको छ । यस मेगा प्रोजेक्टमा इजिप्टको पनि ३५ प्रतिशत शेयर छ । यदि यो योजना सफल भयो भने यो इजिप्टको इतिहासमा सबैभन्दा ठूलो विदेशी लगानी हुनेछ । युएई बाहेक साउदी अरेबिया र कतारले पनि इजिप्टका धेरै शहर खरिद गर्न चासो देखाएका छन् ।

इजिप्टको वर्तमान आर्थिक अवस्था निकै दयनीय छ । जसका कारण ठूला शहरहरु बेच्न बाध्य भइरहेका छन् । वर्तमान सरकारले अन्य मुलुकबाट पनि ऋण लिएको छैन । भर्खरै इजिप्टले साउदी अरेबिया र युएई जस्ता देशसँग ऋणको लागि अनुरोध गरेको थियो ।

तपाईको प्रतिक्रिया