Deneme Bonusu Veren Siteler
शनिबार, माघ २६, २०८१
Saturday, February 8, 2025

काठमाडौं – नेकपा एमालेले सरकारमा सहभागी हुन अरु दलहरूलाई पनि आग्रह गरेको छ । केन्द्रीय कार्यालय च्यासलमा बिहान बसेको सचिवालय बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वको वर्तमानमा आउन सबै दललाई आग्रह गर्ने निर्णय गरेको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

बैठकले पाँच दल सम्मिलित वर्तमान सरकारलाई साथ दिन अरु दलहरूलाई आग्रह गर्ने निर्णय गरेको महासचिव शंकर पोखरेल बताए । ‘जनताका निराशालाई आशामा बदल्नुपर्ने र मुलुकको हित र स्वाधीनताको रक्षा गर्नुपर्ने भएकाले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वमा पाँच दल सम्मिलित सरकार गठन गरिएको हो,’ उनले भने, ‘सरकारलाई साथ र समर्थनका लागि अरु दललाई नेकपा एमाले अनुरोध गर्दछ ।’

यो सत्ता सहकार्य मुलुकको स्वाधीनता, विकास र समृद्धिको पक्षमा फलदायी हुने विश्वास राखेको पनि उनले बताए । ‘माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा एमाले, माओवादी, रास्वपा, जसपा र एकीकृत समाजवादी सामेल भएर सरकार निर्माण गर्ने प्रक्रियामा अगाडि बढेका छौँ,’ उनले भने, ‘मुलुकमा सिर्जना भएको संकटलाई सकारात्मक दिशामा अगाडि बढाउन, जनतामा आशा र विश्वास जगाउन, मुलुकको राजनीतिक स्थायित्व र विकासमा टेवा पुर्‍याउने हिसाबले हामीले सकारात्मक योगदान गर्नुपर्दछ भन्ने निष्कर्षमा छ ।’

यस्तै बैठकले महाधिवेशन प्रतिनिधि परिषद्को बैठक बोलाउने निर्णय गरेको छ । ‘महाधिवेशन प्रतिनिधि परिषद्को वैशाख ८ र ९ गते बैठक आयोजना गर्ने र वैशाख १० मा पार्टीको ७५ औँ स्थापना दिवसको विशेष समारोह आयोजना गर्ने निर्णय गरेका छौँ’ महासचिव पोखरेलले भने ।

तपाईको प्रतिक्रिया