Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ ११, २०८१
Friday, January 24, 2025

काठमाडौं – सत्तासाझेदार दल नेकपा (एमाले)का उपाध्यक्ष समेत रहेका सांसद विष्णु पौडेलले नेपाली कांग्रेसप्रति कटाक्ष गरेका छन् । सत्ताबाट हटेपछि कांग्रेस गहिरो पीडामा डुबेको र चोट लागेको उनको टिप्पणी छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

बिहीबार प्रतिनिधिसभा बैठकको विशेष समयमा उनले कांग्रेस सांसद रमेश लेखकले भन्दा पछि बोलेका थिए । उनले ‘कति गहिरो पीडा र घाउ लागेको रहेछ भन्ने अभिव्यक्ति लेखकबाट आएको’ बताए । ‘घाउमा मलमपट्टी गर्नका लागि राम्रा डाक्टर साथमा लिएर सहकार्य गर्न प्रमलाई आग्रह गर्दछु र त्यो अभियानमा हाम्रो साथ चाहिए एमाले याद गर्नुहोला,’ उनले भने, ‘उहाँ (रमेश लेखक)ले यो तहको पीडा र छटपटी यो तहको आक्रोश र बेचैनी प्रहार गर्नुपर्ने थिएन ।’

नेपालको संविधानले दलहरूबीच गठबन्धनलाई स्वाभाविक मानेको उनले उल्लेख गरे । कुनै दलहरूका बीचमा सरकार निर्माण र सञ्चालनको कार्य सामान्य भएको उनले बताए । ‘कि त गठबन्धन बनाउन पाइन्छ केवल नेपाली कांग्रेससँग मात्र गठबन्धन गर्नुपर्छ भन्ने लेख्नुपर्दथ्यो । यो परिवर्तनलाई एउटा ओठे अभिव्यक्ति हैन, साधारण र स्वाभाविक संसदीय अभ्यासको रूपमा लिनुपर्छ । त्यही रूपमा ग्रहण गर्नुपर्छ,’ उनले भने ।

पौडेलले ‘एउटा नेतामा यति पीडा छ भने सिंगो कांग्रेसीमा कति होला ?’ भन्दै कटाक्ष गरे । ‘३८ मिनेटमा त्यो तहको पीडा भयो होला, एउटा नेताको मनमा यति पीडा छ भने कांग्रेसको मनमा कति पीडा होला ?,’ उनले भने ।

तपाईको प्रतिक्रिया