Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री पुष्पकमल दाहालले सबैलाई धोका दिँदै हिँडेको र कुनै दिन ती धोका खाएकाहरू मिले भने के होला भन्ने हेक्का राख्न चेतावनी दिएका छन् ।

प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्दै लेखकले दाहालकै चरित्र चित्रण गर्दै आगामी दिनको सम्भावनाबारे उल्लेख गरे । ‘हेक्का राख्नुहोस् ! तपाईंले धोका दिएकाहरू सबै एकजुट भए तपाईंको हालत के होला ?’

उनले १४ महिनामा तीनपटक फेरबदल भएको उल्लेख गर्दै उनले सबैलाई धोका दिएको बताए । ‘जनताले दिएको आफ्नो जिम्मेवारीबाट भाग्ने काम भयो । यो राजनीतिक बेइमानी हो । मुलुकलाई श्रृखलाबाद्ध अस्थिरतातर्फ लैजाने काम भयो,’ उनले भने ।

प्रमुख सचेतक लेखकले उथलपुथल गर्छु भन्नेबारे इतिहासले देखाउने चुनौती पनि दिए । ‘तपाई मभन्दा बढ्ता देशलाई चाहिने नेता हो । जहाँसम्म उथलपुथलको कुरा गर्नुभएको छ नि, सबै मान्छेले सबै कुरा बुझिरहेका छन्,’ उनले भने, ‘यो उथलपुथल कति दिन रहन्छ इतिहासले देखाउला ।’

तपाईको प्रतिक्रिया