Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपाली बजारमा आज (बिहीबार) पनि सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख २५ हजार रुपैयाँ तोकिएको छ । अघिल्लो दिन प्रतितोला एक लाख २३ हजार पाँच सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला १५ सयले बढेर पहेलो धातु महँगिएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले जारी गरेको विवरण अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख २४ हजार ४ सय कायम भएको छ । हिजो तेजाबी सुन प्रतितोला एक लाख २२ हजार ९ सय थियो । त्यस्तै आज चाँदीको मूल्य हिजोको तुलनामा प्रतितोला पाँच रुपैयाँले घटेर एक हजार चार सय ७० रुपैयाँ तोकिएको छ ।

 

तपाईको प्रतिक्रिया