Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – पुनर्गठित मन्त्रिपरिषद्को पहिलो बैठक सकिएको छ । बैठकले सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई नै नेपाल सरकारको प्रवक्तामा निरन्तरता दिने निर्णय गरेको हो ।

बैठकपछि बैठकका निर्णय सार्वजनिक गर्दै मन्त्री शर्माले सरकारले संयुक्त राष्ट्रसंघको कमिसनअन द स्ट्याटस अफ वुमन सिएसडब्ल्युको ६८ औं सत्रमा भाग लिन महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीलाई स्वीकृति दिने निर्णय गरेको पनि बताइन् ।

उनले सरकारले पूर्णता पाएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिने बताइन् । नयाँ सत्ता गठबन्धनमा एमाले, माओवादी, रास्वपा र नेकपा एस सहभागी छन् । जसपाले आज सरकारमा जाने निर्णयसहित मन्त्री पठाउने तयारी गरेको छ ।

तपाईको प्रतिक्रिया