Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – मन्त्रिमण्डल पुनर्गठनपछि आज दुवै सदन प्रतिनिधि र राष्ट्रिय सभाको बैठक बस्दै छ । आज बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रीपरिषद् गठन सम्बन्धी पत्रको ब्यहोरा सभामुख देवराज घिमिरेले पढेर सुनाउने छन् । कांग्रेससँगको गठबन्धन तोडेर एमाले माओवादीसहितको मन्त्रिमण्डल पुनर्गठन भएको छ ।

साथै महिला तथा सामाजिक मामिला समितिका सभापति किरणकुमार साहले महिला तथा सामाजिक मामिला समितिको वार्षिक प्रतिवेदन (आ.व. २०७९-०८०) पेश गर्ने कार्यसूची रहेको छ । त्यस्तै दिउँसो सवा १ बाट शुरु हुने राष्ट्रिय सभाको बैठकमा राष्ट्रिय सभा अध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रीपरिषद् गठन सम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउनेछन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालले लोक सेवा आयोगको ६४ औँ वार्षिक प्रतिवेदन, २०७९-०८० सभा समक्ष पेश गर्ने छन् । राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालले राष्ट्रिय सभाबाट पारित भई सन्देशसहित प्रतिनिधि सभामा पठाइएको अनुगमन तथा मूल्याङ्कन विधेयक, २०७६ का सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देशको जानकारी सभा समक्ष गराउने कार्यसूची रहेको छ ।

 

तपाईको प्रतिक्रिया