Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – साफ यू-१६ महिला च्याम्पियनसिप अन्तर्गत बिहीबार नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदैछ। लिगको अन्तिम खेल सातदोबाटोस्थित एन्फा कम्प्लेम्समा दिउँसो ३ बजे सुरु हुनेछ। आजको खेलमा विजयी हुने टोली फाइनलमा प्रवेश गर्नेछ भने पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिनेछ।

चार टोली सम्मिलित च्याम्पियनसिपमा नेपाल र भारत दुवै टोली यसअघिका खेलमा बंगलादेशसँग पराजित भइसकेका छन् भने दुवै टोलीले भुटानलाई पराजित गरेका छन्। घरेलु टोली नेपाल पहिलो खेलमा बंगलादेशसँग २-० ले पराजित भएको थियो। त्यसपछिको खेलमा भने भुटानलाई ३-० ले पराजित गरेको थियो। भुटानलाई पहिलो खेलमा ७-० ले हराएको भारत दोस्रो खेलमा बंगलादेशसँग ३-१ ले पराजित भएको थियो।

प्रतियोगितामा नेपाल र भारतको समान तीन-तीन अंक छ। बंगलादेश दुई खेलबाट ६ अंकसहित शीर्ष स्थानमा छ। भुटान अंकविहीन हुँदै पुछारमा छ।

 

तपाईको प्रतिक्रिया