Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् विस्तार गरेका छन् । बुधबार राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त मन्त्रीले नेपालको संविधानको धारा ८० बमोजिम मन्त्री पदको पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्डको सरकारमा एमालेले ८ वटा मन्त्रालय, माओवादीलाई ५ वटा मन्त्रालय, राष्ट्रिय स्वतन्त्र पार्टीलाई ४ वटा र एकीकृत समाजवादीलाई २ वटा मन्त्रालय पाएको छ । वरियतामा प्रधानमन्त्री पछाडि एमालेबाट मन्त्री बनेका उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ रहेका छन् ।

तेस्रोमा माओवादीबाट मन्त्री बनेका उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, चौथोमा रास्वपाबाट मन्त्री बनेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने रहेका छन् ।

यस्तो छ नयाँ मन्त्रिपरिषद् सदस्यको वरियताक्रम :-

तपाईको प्रतिक्रिया