Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – नवनियुक्त मन्त्रीले शपथ लिएका छन् । राष्ट्रपति भवन शितल निवासमा बुधबार एक समारोहबीच मन्त्रीहरुले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरु समेटेर मन्त्रिपरिषद् विस्तार गरेका थिए । एमालेका ८ जना, माओवादी केन्द्रका ५ जना र राष्ट्रिय स्वतन्त्र पार्टीका ४ जना गरी मन्त्रिपरिषद १८ सदस्यीय भएको छ ।

यस्तो छ कार्यविभाजन

एमाले

  • रघुवीर महासेठ, उपप्रधान तथा भौतिक पूर्वाधार
  • पदम गिरी, कानुन न्याय तथा संसदीय मामिला
  • हरि उप्रेती, रक्षा
  • भगवती चौधरी, महिला बालबालिका
  • राजेन्द्र राई, खानेपानी
  • दामोदर भण्डारी, उद्योग
  • ज्वालाकुमारी साह, कृषि
  • बलराम अधिकारी, भूमि व्यवस्था

माओवादी केन्द्र

  • नरायणकाजी श्रेष्ठ, उपप्रधान तथा परराष्ट्र
  • वर्षमान पुन, अर्थ
  • शक्ति बस्नेत, उर्जा
  • रेखा शर्मा, सञ्चार
  • हितबहादुर तामाङ, पर्यटन

रास्वपा

  • रवि लामिछाने, उपप्रधान तथा गृह
  • डीपी अर्याल, श्रम
  • विराजभक्त श्रेष्ठ, युवा तथा खेलकुद
  • सुमना श्रेष्ठ, शिक्षा

एकीकृत समाजवादी

  • भानुभक्त जोशी, संघीय मामिला तथा समान्य प्रशासन
  • धनबहादुर बुढा, सहरी विकास
तपाईको प्रतिक्रिया