Deneme Bonusu Veren Siteler
शनिबार, माघ २६, २०८१
Saturday, February 8, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – एकीकृत समाजवादीले अन्तत: पार्टीबाट सरकारमा सहभागी हुने दुई मन्त्रीको नाम प्रधानमन्त्रीलाई बुझाएको छ । अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेपछि नाम बुझाएका हुन् । अध्यक्ष नेपाल पार्टीको बैठकपछि प्रधानमन्त्रीसँग छलफल गर्न बालुवाटार पुगेका थिए ।एकीकृत समाजवादीबाट भानुभक्त जोशी संघीय मामिला तथा सामान्य प्रशासन र धनबहादुर बुढा सहरी विकास मन्त्री बन्ने भएका छन् । जोशी बझाङ र बुढा डोल्पाका हुन् ।

यसअघि एकीकृत समाजवादीले प्रधानमन्त्रीसँग छलफल गरेपछि मात्रै सरकारमा सामेल हुने-नहुनेबारे निर्णय गर्ने जनाएको थियो । तर, त्यसअघि नै सरकारमा जाने निर्णय भइसकेको नेताहरुले बताएका थिए । पछि मन्त्रालयमा बार्गेनिङ गर्न उसले पिपलपाते निर्णय गरेको थियो । प्रधानमन्त्रीसँगको छलफलमा केही आश्वासन पाएपछि अध्यक्ष नेपालले मन्त्रीको नाम दिएका हुन् ।

 

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया