Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले आन्दोलनका लागि परिस्थिति झनै अनुकुल बन्दै गएको बताएका छन् । बुधवार पार्टी केन्द्रीय कार्यालयमा आगामी आन्दोलनका बारेमा प्रशिक्षण दिने क्रममा उनले राप्रपाले आन्दोलन शुरु गरेदेखि अहिलेसम्म आइपुग्दा परिस्थिति झनभन्दा झन आफूहरुको लागि अनुकुल बन्दै गइरहेको बताए । लिङदेनले अहिले आन्दोलनका लागि ठिक वातावरण बनेको बताउँदै अहिलेको व्यवस्था नै असफल भइसकेको बताए ।

यो व्यवस्था रहेसम्म सुशासन, विकास र समृद्धिको कल्पना गर्न नसकिने उनको भनाई छ । व्यवस्था परिवर्तन राप्रपाको मुल मुद्दा भएको लिङदेनले बताए । उनले भने, ‘हामीले आन्दोलनको सुरुवात गर्यौँ । त्यस बेलादेखि यहाँ आइपुग्दासम्म परिस्थिति झन भन्दा झन हाम्रो लागि अनुकुल बन्दै आएको छ । आन्दोलनका लागि ठिक वातावरण बनेको छ । हामीले भनेका थियौँ कि अहिले नेतृत्व मात्रै होइन, व्यवस्था नै असफल भइसक्यो मान्छे फेरेर मात्रामा फरक पर्ला । अलि राम्रो मान्छे भयो भने अलि राम्रो होला । तर यो व्यवस्था नै त्यस्तो छ कि यो व्यवस्था रहेसम्म हामीले सुशासन, विकास र समृद्धिको कल्पना गर्न सक्दैनौँ ।’

लिङ्देनले थपे, ‘अब समस्या व्यक्तिमा मात्र होइन, नेतृत्वमा मात्रै होइन, व्यवस्थामै भएको हुनाले व्यक्ति परिवर्तन गौण हो । व्यवस्था परिवर्तन मुल मुद्दा हो भनेका थियौँ । त्यो अहिले देखिएको छ । यो व्यवस्था रहेसम्म देशमा जे भइरहेको छ, त्यस्तो भइरहन्छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले उठाएको मुद्दा ठिक रहेछ भन्ने जनतालाई लागेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले भनेका कुरा गणतन्त्र, धर्मनिरपेक्षता, संघीयताका पक्षधरहरुले प्रमाणित गरिदिएका छन् ।’

 

तपाईको प्रतिक्रिया