Deneme Bonusu Veren Siteler
आइतबार, फाल्गुण ०४, २०८१
Sunday, February 16, 2025

टोकियो – जापान सरकारले फुजी हिमालमा पर्यटक आगमन सीमित बनाउने भएको छ । पछिल्लो समय आरोहीहरूको संख्या बढिरहेकै बेलामा सरकारले संख्या सीमित बनाउन आरोहीहरूसँग शुल्क लिने भएको हो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

आगामी सिजनदेखि फुजी हिमाल चढ्न चाहने हरेक आरोहीले १३ डलर तिर्नुपर्नेछ । आरोहणको अनुमति दिइने संख्यामा पनि सीमा तोकिने भएको छ । गतवर्ष जुलाईदेखि सेप्टेम्बरको बीचमा २ लाख २० हजारले फुजी हिमाल चढेका थिए । आरोहीहरूको उच्च भिडभाड, चोटपटकका घटनामा वृद्धि र पदमार्गमा बढेको फोहोर देखेर दिक्क हुँदै सरकारले यो कदम चालेको हो ।

यो वर्ष योशिदा टे«लबाट एक दिनमा ४ हजार आरोहीलाई मात्रै अनुमति दिइने भएको छ । यो ट्रेलमा राजधानी टोकियोबाट सजिलै जान सकिन्छ । ६० प्रतिशतभन्दा धेरै आरोहीहरू यही ट्रेल भएर फुजी हिमाल चढ्न जाने गरेका छन् । गएको वर्ष आरोहीहरूको अत्यधिक भिडभाडका कारण शिजुओका प्रिफेक्चर प्रहरीलाई उद्धारको मागसहित ६१ ओटा फोन आएको थियो ।

आरोहीलाई लेक लागेको, हाइपोथर्मिया वा आवश्यक तयारी बिनै हिमाल चढ्न गएपछि उत्पन्न समस्याबारे धेरै फोन आएका थिए । पछिल्लो समय पयर्टकहरूको भिड थेग्न नसकेपछि कयौं देशहरूले शुल्क लगाउने वा आगन्तुकको संख्या सीमा तोक्ने लगायतका घोषणाहरू गरिरहेका छन् । सन् २०२३ को सिजनमा आरोहणका क्रममा धेरै आरोहीको मृत्यु भएपछि माउन्ट फुजी चढ्न दिइएको अनुमतिबारे प्रश्न उठिरहेको छ ।

तपाईको प्रतिक्रिया