Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सहभागी थप मन्त्रीहरुको शपथ बुधबार साँझ ५ बजे हुने भएको छ। सरकारमा एमालेको नेतृत्व सचिव रघुवीर महासेठले गर्ने भएका छन् । भौतिक पूर्वाधार मन्त्रालयसहित महासेठलाई सरकारको नेतृत्व गरेर एमालेले पठाउने भएको हो ।

एमालेले आफ्नो भागमा परेका ८ मध्ये ७ मन्त्रीको नाम टुंगो लगाएको छ । जसमध्ये पदम गिरी मन्त्री भइसकेका छन् जसमा महासेठसहित दामोदार भण्डारी, भगवती चौधरी, राजेन्द्र राई, ज्वालाकुमारी साह र बलराम अधिकारीलाई पनि एमालेले मन्त्री बनाउने भएको छ । माओवादीबाट थप दुई मन्त्रीले शपथ लिने छन् । वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ परराष्ट्र र उपमहासचिव वर्षमान पुन अर्थमन्त्री बन्दैछन् । यसअघि हितबहादुर तामाङले मन्त्रीको शपथ लिइसकेका छन् ।

रास्वपाले पनि थप तीनजना मन्त्री टुंग्याएको छ । रास्वपा अध्यक्ष रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री बन्ने भएका छन् । शिक्षामन्त्रीमा रास्वपाले सुमनालाई पठाउने भएको छ । संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ युवा तथा खेलकुदमन्त्री बन्ने भएका छन् । उपसभापति डीपी अर्याललाई श्रममा पठाइने भएको छ । उनले यसअघि शपथ लिइसकेका छन् ।

तपाईको प्रतिक्रिया