Deneme Bonusu Veren Siteler
शनिबार, माघ २६, २०८१
Saturday, February 8, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – सत्ता गठबन्धन फेरिएसँगै बागमती प्रदेशका कांग्रेस मन्त्रीहरूले राजीनामा दिने भएका छन् । बागमती प्रदेशमा रहेका कांग्रेसका ६ जना मन्त्रीहरूले आजै राजीनामा दिने कांग्रेस संसदीय दलका उपनेता एवम् बागमती प्रदेशका उद्योगमन्त्री रामकृष्ण चित्रकारले बताए । केन्द्रमा आएको राजनितीक परिवर्तन र पार्टीको केन्द्रीय निर्देशनअनुसार कांग्रेसका मन्त्रीहरूले आजै साँझ सामूहिक राजीनामा दिन लागेको हो ।

चित्रकारले भने `अहिले हामी कांग्रेसका ६ जना मन्त्रीहरू काठमाडौंमा छौं, अब केहीबेरमा हेटौंडाको लागि हिँड्छौ, हेटौंडा पुगेपछि पत्रकार सम्मेलन गरेर राजीनामा दिनेछौं । ´बागमती प्रदेशमा कांग्रेसबाट आर्थिक मामिलामन्त्री बहादुरसिंह लामासहित प्रशासन मन्त्री चित्रकार, वनमन्त्री मसिना खड्का, स्वास्थ्यमन्त्री उत्तम जोशी, पर्यटनमन्त्री पुकार महर्जन र सिंचाइमन्त्री तीर्थ लामा गरी ६ जना छन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया