Deneme Bonusu Veren Siteler
शनिबार, माघ २६, २०८१
Saturday, February 8, 2025

काठमाडौं – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँगको भेट सकारात्मक भएको कांग्रेसले बताएका छ । केही बेरअघि नेपाल निवास कोटेश्वर पुगेको कांग्रेस सभापति शेरबहादुर देउवा, नेत्री आरजु देउवा र नेता रमेश लेखकको टोलीले वार्ता सकारात्मक भएको बताएको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

भेटवार्तामा सहभागी कांग्रेस नेता रमेश लेखकले कुराकानी सकारात्मक भएको बताए । ‘परिवर्तित विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको हो,’ उनले सञ्चारकर्मीहरूसँग भने, ‘सकारात्मक कुराकानी भएको छ । यसलाई निरन्तरता दिन्छौं ।’

प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस र एकीकृत समाजवादीसहितको गठबन्धन तोडेर नेकपा एमाले र रास्वपासहितको नयाँ गठबन्धन बनाएर मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । नयाँ गठबन्धनमा माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीलाई पनि सामेल गराउन एमाले र माओवादीका शीर्ष नेताहरू सक्रिय भएको बेला देउवाले नेपाललाई भेटेका हुन् ।

कांग्रेसले माधव नेपाललाई नयाँ गठबन्धनमा जानबाट रोक्ने प्रयासमा गरेको बुझिएको छ । केन्द्रको नयाँ सत्ता समीकरण अनुसार प्रदेश सरकारमा पनि सरकार परिवर्तनको प्रयास भइरहे पनि कतिपय प्रदेशमा एकीकृत समाजवादी निर्णायक देखिएको छ । त्यसैले देउवा र नेपालबीचको भेटलाई अर्थपूर्ण मानिएको छ ।

तपाईको प्रतिक्रिया