शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

काठमाडौं – नेपाली समयअनुसार मंगलबार राति ९ः१० बजेतिर एकाएक फेसबुक, मेसेन्जर र इन्स्टाग्राम लगआउट भए । प्रयोगकर्ताहरुमा कतै ह्याक भयो कि भनेर हैरानी भयो ।

तर यो ह्याक नभएर फेसबुकको मातृ कम्पनी मेटाद्वारा सञ्चालित सामाजिक सञ्जालहरुमा एकसाथ आएको समस्या थियो । यी सञ्जालहरुमा करिब १ घण्टा समस्या देखिएको हो । तीन वटै सामाजिक सञ्जालमा लगइन हुन सकेको थिएन भने प्रयोगकर्ताहरुले यसबारे अन्य सामाजिक सञ्जालमार्फत तीव्र चासो व्यक्त गरे ।

मेटाले समस्या आएको बताएपनि के भएको हो भनेर यकिन जानकारी दिएको छैन । ‘हामी सचेत छौं कि प्रयोगकर्ताहरूलाई हाम्रा सेवाहरू प्रयोग गर्न समस्या भइरहेको छ,’ मेटाका प्रवक्ता एन्डी स्टोनले सोशल मिडिया साइट एक्समा भनेका थिए, ‘हामी अहिले यसमा काम गरिरहेका छौं ।’

उनले मंगलबार राति नै गरेको ट्वीटको केहीबेरमा समस्या समाधान भएर सम्बन्धित सबै सोसियल साइटहरु सुचारु भएका छन् । यसअघि सन् २०२१ मा फेसबुक, इन्स्टाग्राम र व्हाट्सएप ६ घण्टाभन्दा बढी समय अवरुद्ध भएको थियो । त्यस समयमा फेसबुक ब्याकबोन राउटरहरूमा कन्फिगरेसन परिवर्तन हुँदा समस्या आएको बताएको थियो ।

तपाईको प्रतिक्रिया