Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं । त्रिशूली नदीमा बस खस्दा ४ जनाको मृत्यु भएको भने ३३ यात्रुको जिवितै उद्धार गरिएको छ । कपिलबस्तुबाट काठमाडौंतर्फ आउँदै गरेको लु २ ख २१२१ नम्बरको यात्रुबहाक बस आज बिहान धादिङको गजुरी गाउँपालिका ५ घाटबेसीबाट त्रिशूली नदीमा खसेको हो ।

सशस्त्र प्रहरीका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार घाइतेलाई उपचारका लागि गजुरी अस्पताल पठाइएको छ । उद्धारका लागि विपद ब्यबस्थापन तालिम शिक्षालय कुरिनटारबाट प्रहरी निरीक्षकको कमान्डमा ६ जना गोताखोरसहित २० जनाको टोली खटिएको छ ।

मृतक र घाइतेको पहिचान खुलेको छैन । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

तपाईको प्रतिक्रिया