Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली माधवकुमार नेपालको निवासमा पुगेका छन् । नयाँ गठबन्धन गरी पुष्पकमल दाहाल प्रचण्डको सरकार पुनर्गठन भएसँगै एमाले अध्यक्ष ओली नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालको निवासमा पुगेका हुन् ।

नेकपा विभाजन भए देखि ओली नेपाल निवास पुगेका थिएनन् । नयाँ गठबन्धनमा सामेल हुनका लागि ओलीले नेपाललाई आग्रह गरेका छन् । साथमा, प्रधानमन्त्री प्रचण्ड र एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल र महासचिव शंकर पोखरेल पनि नेपाल निवास पुगेका छन् ।

नेपालको सचिवालयका अनुसार ओलीले उनलाई स्वास्थ्य लाभको काममा समेत गरेका छन् । अध्यक्ष नेपाल अहिले अस्वस्थ रहेकाले आराम गरिरहेको बुझिएको छ ।

तपाईको प्रतिक्रिया