Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – कांग्रेसले पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । आज मंगलबार पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको बसेको कार्यसम्पादन समितिको बैठकले माओवादी केन्द्रको नेतृत्वमा बनेको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो।

एमाले, माओवादी र रास्वपा एक वर्षपछि एक ठाउँमा भएपछि कांग्रेस सरकारबाट बाहिरिएको हो । अघिल्लो वर्ष पुसको १० गते बनेको गठबन्धन भत्किएपछि २५ फागुनको राष्ट्रपति निर्वाचनसँगै कांग्रेस र माओवादीबीच नयाँ गठबन्धन बनेको थियो ।

आइतबार साँझ नै नयाँ गठबन्धन बनाउँदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ सरकार गठन गरेसँगै कांग्रेसले समर्थन फिर्ता लिने निर्णय गरेको हो। आज बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकले अब नेपाली कांग्रेस शसक्त प्रतिपक्षको भूमिकामा उपस्थित हुने निर्णय पनि गरेको छ।

 

तपाईको प्रतिक्रिया