Deneme Bonusu Veren Siteler
आइतबार, माघ ०६, २०८१
Sunday, January 19, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – काठमाडौँ र पोखरामा जापानी फिल्म फेस्टिभल हुने भएको छ । नेपालीलाई जापानी कला, संस्कृति र सभ्यताबारे परिचित गराउन पोखरा र काठमाडौँमा जापानी फिल्म फेस्टिभलको आयोजना गर्न लागिएको हो ।

पोखराको उद्योग वाणिज्य संघ हलमा मार्च ९ र १० र काठमाडौँको राष्ट्रिय नाचघरमा मार्च १५ र १६ तथा नेपालस्थित जापानी दूतावासको हलमा मार्च २० र २१ मा जापानी चलचित्र प्रदर्शन गरिने जापानी दूतावासले जनाएको छ  । ती चलचित्रको अङ्ग्रेजी भाषामा समेत भाषानुवाद हुने र आउने दर्शकलाई निःशुल्क प्रवेश गराइने जापानी दूतावासले जनाएको छ ।

सो महोत्सवबाट नेपाली जनताले नेपाली र जापानी चलचित्रबीचको समानता र अन्तरबारे तुलना गर्न पाउने दूतावासले जनाएको छ । आफूले हेर्न चाहेको चलचित्रको नाम पठाउन नेपालस्थित जापानी दूतावासले अनुरोध समेत गरेको छ । [email protected] मा इ-मेल पठाएर आफ्नो नाम र हेर्न चाहेको चलचित्र दर्ता गर्नु पर्ने छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया