सोमबार, बैशाख १७, २०८१
Monday, April 29, 2024

काठमाडौं – त्रिकोणात्मक टी-२० सिरिजको उपाधि नेदरल्याण्डसले जितेको छ । मंगलबार सम्पन्न फाइनल खेलमा नेदरल्याण्डसले नेपाललाई ४ विकेटले पराजित गर्दै सिरिजको उपाधि जितेको हो ।

नेपालले दिएको १८५ रनको लक्ष्य पछाएको नेदरल्याण्डसले १९.३ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै १८४ रन बनाएको थियो । नेपालका लागि आसिफ सेखले सर्बाधिक ४७ रन बनाए भने गुलशन झाले ३४, कुशल मल्लले २६, कप्तान रोहित पौडेलले २५, कुशल भुर्तेलले २० रन बनाएका थिए ।

नेदरल्याण्डसका बलर फ्रेड क्लासेन, टिम भान डेर गुगटेन, माइकल लेभिट र  साइब्राण्ड एंगेलब्रेचटले २-२ विकेट लिएका थिए ।

तपाईको प्रतिक्रिया