Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र २३, २०८१
Sunday, September 8, 2024

समाचार सुन्नुहोस :

काठमाडौँ – विद्युतीय कार निर्माता टेस्लाका मालिक एलन मस्कले विश्वकै सर्वाधिक धनी व्यक्तिको उपाधि गुमाएका छन्। अमेरिकी आर्थिक पत्रिका ब्लुम्बर्गको रियल टाइम बिलेनियर्स इन्डेक्सअनुसार अमेरिकी अनलाइन खुद्रा कम्पनी एमाजनका मालिक जेफ बेजोस मस्कलाई उछिनेर विश्वको सबैभन्दा धनी व्यक्ति बनेका छन् ।

मस्कको विद्युतीय कार बनाउने कम्पनी टेस्लाको शेयर मूल्य सोमबारको कारोबारमा एकै दिन ७ दशमलव २ प्रतिशतले घटेपछि मस्कको नेटवर्थ घटेको थियो । सूचकका अनुसार मस्कको नेटवर्थ अहिले १ खर्ब ९७ अर्ब ७० करोड डलर छ । सोमबार एकै दिन मस्कले १७ अर्ब ६० करोड डलर बराबरको नेटवर्थ गुमाएका छन् ।

सूचीको पहिलो स्थानमा रहेका बेजोसको नेटवर्थ भने २ खर्ब डलर रहेको छ । अघिल्लो दिनको कारोबारमा बेजोसको नेटवर्थ ५० करोड डलर घटेको थियो । बेजोस सूचिको शीर्ष स्थानमा उक्लिएको यो सन् २०२१ यता पहिलो पटक हो । कुनै समय बेजोसको तुलनामा मस्कसँग १ खर्ब ४२ अर्ब डलर बढी सम्पत्ति थियो । तर एमाजन र टेस्लाको शेयर विपरित दिशामा दौडिन थालेपछि यो अन्तर साँघुरिँदै गयो ।

सन् २०२२ को अन्त्ययता एमाजनको शेयर दोब्बर भएको छ भने सन् २०२१ को उच्च बिन्दुको तुलनामा अहिले टेस्लाको शेयर मूल्य ५० प्रतिशत घटेको छ । शाङ्हाईमा रहेको कारखानाबाट टेस्लाको ढुवानी घटेर एक वर्षयताकै न्यून स्तरमा झरेको प्रारम्भिक तथ्यांकले देखाएपछि सोमबार टेस्लाको शेयर दबाबमा आएको थियो ।

 

तपाईको प्रतिक्रिया