Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

टोकियो – कुनै पनि साँगीतिक कार्यक्रम वा सभा समारोह गर्दा साउण्ड सिष्टमको ब्यवस्थापन ठीक दुरुस्त हुनु जरुरी छ । आवाजको ब्यवस्थापन उचित ढंगले गर्न सकिएन भने कार्यक्रम खल्लो सुनिन्छ । जुन कुरो आयोजकले बुझ्नु अत्यन्त जरुरी छ । अन्य सबै कुरो ठीकठाक हुँदा हुँदै पनि साउण्ड सिष्टमको संयोजन मिलेको छैन भने दर्शकदीर्घामा राम्रो सुनिदैन भने माइकबाट बोल्ने वा गाउने मानिसलाई पनि गाह्रो हुन्छ ।

स्वदेश होस् या विदेशमा यस्ता थुप्रै उदाहरणहरु प्रशस्तै छन् । जसका कारण आयोजकसंग कलाकारको लफडा परेको, कलाकारले माईक फ्याँकेको, साउण्ड सिष्टम हेर्ने जिम्मेवारी लिएको मान्छेसंग कलाकारको विवाद भएको घटनाहरु निकै सुनिन्छ । आफुले बोलेको वा गाएको कस्तो सुनिएको छ भन्ने स्वयमले थाहा पाउन स्टेजमा आफुतिर मनिटर फर्काईएको हुन्छ, त्यसको आधारमा ब्यवसायिक कलाकार वा प्रस्तोताले आफ्नो आवाज नियन्त्रण गर्ने गरेका हुन्छन् ।

ठीक यस्तै घटना पर्वतको कुश्मामा सोमबार आयोजित एक साँगीतिक कार्यक्रममा पुगेकी अहिलेकी चल्तीकी गायिका एलिना चौहानलाई पर्न गएको छ । सांगीतिक प्रस्तुति दिन पर्वत पुगेकी गायिका चौहान र साउण्ड टेक्निसियनबीच ‘लाइभ कन्सर्ट’ मै भनाभन भएको भिडियो अहिले सामाजिक सन्जालमा भाईरल भईरहेको छ । साउण्ड मिलाउने कुरालाई लिएर दुईजनाबीच चर्काचर्की भएको देखिन्छ । पर्वतमा जारी तेस्रो ऐतिहासिक मगर राष्ट्रिय महोत्सवको क्रममा यस्तो भनाभन भएको हो ।

भिडियोमा एलिनाले टेक्निसियनलाई साउण्ड मिलाउन आग्रह गरिरहेको देखिन्छ । ती प्राविधिकले चाहिँ ‘भोकललाई क्लियर गरेर हामीसँग लेबल माग्नु’ भनेर जवाफ दिएका छन् ।
त्यसपछि एलिनाले भनेकी छन्- पहिलो तपाईको त्यो बोल्ने ढंग सुधार गर्नु है बुझ्नूभो ? यहाँ आएर एकचोटी हेर्नु त । तपाईले मलाई सिकाउनु पर्दैन क्या । बुझ्नु भो नि । नाच्न जान्दैन आँगन टेडो भनेको यही हो क्या । मिलाउन आउँदैन अनि । लाज लाग्दैन यस्तो बोल्नलाई ?

त्यसपछि ती टेक्निसियनले भनेका छन्- तपाईंले भन्दा हामीले धेरै काम गरिसकेका छौं ।’ त्यसपछि एलिनाले अन्य आयोजकसंग कराएको देखिन्छ । उनीहरुबीच स्टेजमै यस्तो भनाभन हुँदा दर्शकले हुटिङ गरिरहेका छन् । दर्शकले ती साउण्ड टेक्निसियनमाथि खनिएका थिए ।
मिडियासंग भएको कुराकानीमा एलिनाले आफ्नो आवाज सुख्खा भएकाले गाउन समस्या भएको बताएकी छन् । स्टेजमा मोनिटर पनि नराखिएको र जबर्जस्ती गाउनुपरेको उनको गुनासो छ । त्यो भनाभनपछि गाउने अवस्था नभएकाले आफू त्यहाँबाट हिँडेको एलिनाले बताएकी छन् । त्यहाँबाट सुरक्षा दिएर एलिनालाई निकालिएको थियो । आयोजकले भने प्राविधिक कारणले विवाद भएको बताएका छन् ।

भिडियो हेर्दा के बुझ्न सकिन्छ भने साउण्ड सिष्टमको जिम्मा पाएका टेक्निसियनले आफ्नो मनोमालिन्य ढंगले आफुखुशी गर्न चाहेको देखिन्छ, जतिबेला आयोजकले संयोजनकारी भूमिका खेल्न नसकेको प्रष्ट देखिन्छ । त्यसो भएको हुनाले विदेशतिर पनि सानो होस् वा ठूलो कार्यक्रमको आयोजना गरेर मात्रै हुँदैन साउण्ड सिष्टममा अरुको कुरो पनि सुन्ने, राम्रो, भरपर्दो र अनुभवी टेक्निसियनको ब्यवस्था हुनु जरुरी हुन्छ । ***

 

तपाईको प्रतिक्रिया