Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख २३ हजार रुपैयाँ पुगेको छ। जुन मूल्य हालसम्मकै उच्च हो। सोमवार १ लाख २१ हजार रुपैयाँमा बारोबापर भएको सुनको मूल्यमा आज २ हजारले वृद्धि भएको महासङ्घले जनाएको छ।

यसअघि गत पुस १२ गते १ लाख २२ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो। त्यसयता मूल्य केही घटेर फागुन ३ गते १ लाख १६ हजार ५ सय रुपैयाँमा झरेको थियो। फागुन ३ गतेबाट फेरि सुनको मूल्य निरन्तर उकालो लागिरहेको छ।

यस्तै चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले बढेको छ। सोमवार तोलामा १ हजार ४ सय १० रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा १ हजार ४ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ।

तपाईको प्रतिक्रिया