Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – जिल्ला प्रशासन कार्यालय काठमाडौँले पशुपति क्षेत्रमा मदिरा र मासुको बिक्री वितरणमा रोक लगाएको छ । महाशिवरात्रि पर्वका अवसरमा असहजता ननिम्त्योस् भनी काठमाडौँ प्रशासनले पाशुपत क्षेत्रमा मासु र मदिरा बिक्रीमा रोक लगाएको हो ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले सोमबार सूचना जारी गर्दै यही फागुन २३ गतेदेखि २७ गतेसम्मका लागि पशुपतिनाथ आसपासका क्षेत्रमा मासु, मदिरा तथा नशालु पदार्थको उत्पादन, बेचबिखन, ओसारपसार, भण्डारण र सेवनमा रोक लगाइएको जानकारी दिएका छन् । प्रशासनको सूचनालाई बेवास्ता गरे कानुनबमोजिम कारबाही हुने प्रशासनले चेतावनी दिएको छ ।

प्रजिअ बस्नेतका अनुसार गौशाला मित्रपार्क सडकदेखि पूर्व, पशुपति क्षेत्रको पूर्व सीमानादेखि पश्चिम, गौशाला तिलगंगा चक्रपथदेखि उत्तर, मित्रपार्क-उमाकुण्ड-गौरीघाट हुँदै गुह्येश्वरीदेखि दक्षिणभित्रका सबै भागमा मासु तथा मदिराको बिक्री तथा सेवनमा रोक लगाइएको हो ।

तपाईको प्रतिक्रिया