Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लोसपा अध्यक्ष महन्थ ठाकुरसँग भेटवार्ता गरेका छन् । मंगलबार बिहानै प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र नेता ठाकुरबीच भेटवार्ता भएको हो । भेटमा लोसपा नेता शरतसिंह भण्डारी पनि थिए । यसअघि श्रम मन्त्रीसमेत रहेका भण्डारी दुबईमा रहेकै बेला पदमुक्त भएका थिए ।

भेटमा प्रधानमन्त्री प्रचण्डले नयाँ गठबन्धनमा सामेल हुन आग्रह गरेको नेता भण्डारीले बताए । तर, आफूहरूले पार्टीमा छलफल गरेरमात्रै निर्णय गर्ने जवाफ दिएको उनले बताए ।

यसअघि कांग्रेससहितको गठबन्धनमा लोसपा पनि सामेल थियो । आइतबार मध्यरातमा कांग्रेससहितको गठबन्धन तोडेर नयाँ गठबन्धन बनाउने सहमति जुटेको थियो । गठबन्धनमा एमाले-माओवादीसँगै राष्ट्रिय स्वतन्त्र पार्टी र जसपासमेत जोडिएका छन् ।

यसमा क्रमशः नेकपा (एकीकृत समाजवादी), लोसपा, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीलाई पनि सामेल गराउने प्रचण्डको योजना छ ।

 

तपाईको प्रतिक्रिया