Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – नयाँ सत्ता समीकरण बनेसँगै दलहरूबीच शक्ति बाँडफाँटको विषयमा छलफल सुरु भएको छ । गठबन्धनले दिउँसो २ बजेपछि बस्ने गरी मन्त्रालयको टुंगो लगाउन बैठक पनि बोलाएको हो ।

नयाँ सत्ता साझेदार दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गृह मन्त्रालयलाई बटमलाइन बनाएर न्युनतम ४ मन्त्रालय दाबी गरेको छ । सभापति रवि लामिछाने उपप्रधानसहित गृह मन्त्रालय लिएर सरकारमा जाने अडानमा छन् । ‘शीर्ष नेताहरूबीच कुरा भइसकेको छ । उपप्रधानसहित गृहमा सभापति आफैं जानुहुन्छ,’ रास्वपाका एक सांसदले भने, ‘अहिले उहाँ सरकारमा नजाने भन्ने छैन ।’

सोमबार नयाँ गठबन्धनसहित विस्तार भएको मन्त्रिपरिषद्मा रास्वपाबाट डिपी अर्याल मन्त्री बनिसकेका छन् । मन्त्रालयको जिम्मेवारी भने तोकिएको छैन । नयाँ गठबन्धनमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टी नेपालको सहभागिता छ ।

तपाईको प्रतिक्रिया