टोकियो – नेपाली राजदूतावास जापानले नारी दिवसको अवसर पारेर ‘नेपाली महिला सम्मिलन समारोह’ गर्ने भएको छ । दूतावासले गुल्मेली समाजसँगको सहकार्यमा अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा आउँदो मार्च ८ तारिखका दिन टोकियोमा महिला सम्मिलन समारोह गर्ने भएको हो ।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
विश्वभर भव्य रूपमा नारी दिवस मनाइरहँदा जापानका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले ११४ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रममा सहभागिताका लागि जापानवासी नेपालीहरूले आग्रह गरेका छन् । उनले समारोहमा सहभागी हुन र सफलतापूर्वक सम्पन्न गर्न अपिल गरेका हुन् ।
टोकियोमा हुने यस महत्त्वपूर्ण कार्यक्रममा उपस्थित भई कार्यक्रमलाई सफल बनाउन गुल्मेली समाजका अध्यक्ष महेन्द्रकुमार अधिकारीले अनुरोध गरेका छन् । कार्यक्रमको संयोजन गुल्मेली समाजकी उपाध्यक्ष लक्ष्मी केसी महर्जनले गरेकी हुन् ।
प्रकाशित मिति: सोमबार, फाल्गुण २१, २०८०
प्रकाशित समय: २२:३१:११