Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौं – सत्ता समीकरण फेरिएसँगै मन्त्रीहरू समेत नयाँ बनेका छन् । यसअघिका सरकारका सबै मन्त्री फिर्ता भइसकेका छन् । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्रीको हैसियतमा यूएई भ्रमणमा गएका बेला शरतसिंह भण्डारी पनि पदमुक्त भएका छन् ।

भण्डारी श्रममन्त्रीको हैसियतमा आइतबारदेखि संयुक्त अरब इमिरेट्स (यूएई) भ्रमणमा छन् । तर, उनी भ्रमणबाट नफर्कंदै निवर्तमान मन्त्री बनेका हुन् । मन्त्री भण्डारी सहितको नेपाली प्रतिनिधिमण्डलको टोली ‘दुबई रोजगार मेला’ को उद्घाटन गर्न यूएई पुगेको थियो । उनी नेपाल फर्किन नपाउँदै पदमुक्त हुन पुगेका छन् । सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एमाले)सहितका दलसँग नयाँ गठबन्धन गरी मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् ।

 

तपाईको प्रतिक्रिया