Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – युवा पुस्ताका चर्चित पप-रक गायक सविन राईले अस्ट्रेलियाको विभिन्न सहरहरूमा आफ्नो प्रस्तुति दिने भएका छन्। ‘समर्पण टुर अष्ट्रेलिया-२०२४’ नाममा आयोजना हुने कन्सर्टमा सविनले अष्ट्रेलियामा रहेका नेपालीहरुलाई आफ्ना चर्चित गीतमार्फत झुमाउने छन् । सविन राईका गुराँसको फेदमुनि, तिमी नै हौ, जब तिमी, जाऊँ कि आऊँ लगायत दर्जनौं गीतहरू युवाहरूमाझ लोकप्रिय छन्।

पछिल्लो समय युवा पुस्ता माझ रूचाइएका र बढी क्रेज भएका गायकको रूपमा स्थापित सविन राई अस्ट्रेलिया टुरका लागि मार्च ६ तारिखका दिन अस्ट्रेलियाको सिड्नी पुग्ने भएका छन्। मार्च ८ मा डार्बिनबाट सविनको सांगीतिक टुर सुरु हुने आयोजक प्रदीप पाठकले जानकारी दिए । मार्च ११ र १२ मा सिड्नी, मार्च १४ मा तास्मानियाको लन्चेस्टन, मार्च १५ तास्मानियाकै होबार्ट र मार्च १८ मा मेलबर्नमा सविनले प्रस्तुति दिनेछन् । यस्तै मार्च २१ एडिलेट, मार्च २४ मा पर्थ, मार्च २७ मा ब्रिसबेन र मार्च २८ मा राजधानी क्यानबेरामा पुगेर सविनको अष्ट्रेलिया टुर समापन हुनेछ ।

पाठकले सिड्नीको सांगीतिक कार्यक्रमको टिकट समेत लगभग बिक्री भइसकेको बताए। प्रवासका संगीतप्रेमी स्रोतासमक्ष स्तरीय संगीत पस्कने आफ्नो अभियान अन्तर्गत सविन राईको अस्ट्रेलिया यात्रा सम्भव भएको पाठकले सुनाए।

तपाईको प्रतिक्रिया