Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – मोरङमा सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक (डीएसपी) मृत भेटिएका छन् । कोसी प्रदेश प्रहरी प्रमुख डीआईजी चन्द्र कुवेर खापुङका अनुसार सशस्त्र प्रहरी बलका डीएसपी उपेन्द्र बस्याल कार्यालयमा मृत अवस्थामा भेटिएका हुन् । बस्याल धनपालथान गाउँपालिका ३ सोराभाग स्थित गुल्मका प्रमुख हुन् ।

कार्यालय परिसरमा रहेकाे क्वार्टरमा झुन्डिएको अवस्थामा डीएसपी बस्यालको शव फेला परेको प्रदेश प्रहरी प्रमुख डीआईजी खापुङकाले बताए । डीएसपी बस्यालले आत्महत्या गरेको शंका गरिएको छ । थप अनुसन्धानपछि वास्तविकता खुल्ने डीआईजी खापुङले बताए ।

तपाईको प्रतिक्रिया